PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

रवीन्द्र मिश्रलाई ओलीको एक मुठ्ठी सिक्का उपहार : तपाईं चेस खेलेर आएको मान्छे, नआत्तिनु होला



पहिलोपोस्ट

रवीन्द्र मिश्रलाई ओलीको एक मुठ्ठी सिक्का उपहार : तपाईं चेस खेलेर आएको मान्छे, नआत्तिनु होला

काठमाडौं : विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले आइतवार राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। उक्त भेटबारे मिश्रले सामाजिक सञ्जाल ट्वीटरमा व्याख्या गरेका छन्।

भेटनमा आसन्न निर्वाचन र देशको राजनीतिबारे झन्डै अढाई घण्टा छलफल चलेको मिश्रले बताएका छन्। 'ओलीजीसँग उहाँकै निवास हिजो साँझ ६ बजेको भेट अढाई घण्टा चल्यो। आसन्न निर्वाचन, देशको राजनीति/भूराजनीति, विदेशी चासो/हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल र गोलघरको पीडा, चुच्चे नक्शा पारित पूर्व भोगेका जटीलता तथा कयौँ विषयमा कुराकानी भयो,' मिश्रले भनेका छन्।

भेटमा प्रश्नोत्तरसमेत चलेको उनले बताएका छन्।

'तपाईं धर्म-संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ?' आफूले यही प्रश्न ओलीलाई सोधेको मिश्रले बताएका छन्। उक्त प्रश्नमा ओलीको जवाफ थियो, 'म अहिले पनि राती सुत्नुअघि कम्तिमा एक घण्टा पढ्छु।'

हरेक विषयमा धाराप्रवाह बोल्नसक्ने व्यक्ति भन्दै मिश्रले ओलीको प्रशंसा गरेका छन्। भेटमा आफूलाई ओलीले राजनीतिमा नआत्तिन सुझाव दिएको बताएका छन्। 'सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो - तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला।'

छुट्ने बेलामा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफूलाई एक मुठ्ठी सिक्का उपहार दिएको बताएका छन्। मिश्रले उक्त सिक्का ट्वीटरमासमेत प्रदर्शन गरेका छन्। 'अन्त्यमा, चुच्चे नक्शा सहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का अर्को कोठाबाट लेराएर उपहार दिनुभयो। भेटका लागि आभार प्रकट गर्दै म निस्किएँ!' ट्वीटर थ्रेडको अन्त्यमा मिश्रले लेखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell