PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

तुलसीपुर-कपुरकोट सडकखण्डमा पहिरो जाँदा आवतजावत ठप्प



रासस

तुलसीपुर-कपुरकोट सडकखण्डमा पहिरो जाँदा आवतजावत ठप्प
फाइल फोटो।

तुलसीपुर : राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर-कपुरकोट सडकखण्डमा पहिरो जाँदा आवतजावत ठप्प भएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार तुलसीपुर उपमहानगरपालिका-३ स्थित साततलेमा पहिरो खस्दा आज बिहानैदेखि आवतजावत ठप्प भएको छ।

‘त्यस ठाउँमा विभिन्न तीन/चार ठाउँमा पहिरो गएको छ, हटाउने काम भइरहेको छ’, उनले भने, ‘पहिरो खसिरहेको अवस्था रहेकाले हटाउने समस्या भएको छ, त्यसमा पनि एउटा डोजर बिग्रिएकाले अर्को डोजर लैजान काम भएको छ, केही समय लाग्ला।’

गएरातिदेखि नियमित परेको बर्सातले पहिरो गएको हो। पहिरो हटाउनका लागि कपुरकोटबाट पनि प्रहरी आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell