PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

इन्द्रजात्राको लागि य:सिं लिन निस्किए मानन्धर समुदाय र गुरुज्यूको पल्टन, राति वृक्षकर्तन

इन्द्रजात्राको लागि य:सिं लिन निस्किए मानन्धर समुदाय र गुरुज्यूको पल्टन, राति वृक्षकर्तन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : यँया: (इन्द्रजात्रा) को लागि य:सिं लिन गुरुज्यूको पल्टनसहित मानन्धर समुदाय भक्तपुरको नाला प्रस्थान गरेको छ। आज वसन्तपुर दरबारमा वृक्षकर्तनका लागि पूजा गरि प्रस्थानको तयारी भएको हो।

बिहान ९ बजेर १७ मिनेटमा वनयात्राको लागि उनीहरु निस्किएका हुन्।

आज राति शुभ साइतमा स्वस्ती पाठ गर्दै बोकाको बली दिएर य:सिंका लागि छानिएको सल्लाको रुखमा बन्चरोले प्रहार गरी रुखमा चिह्न छाडिन्छ। य:सिंका लागि छनौट गरिएको रुखमा हनुमानढोकामा कार्यरत सहायक पण्डितले क्षमा पूजा गर्छनन् र यस्तै, काठमाडौंबाट गएको गुरुजुको पल्टनले य:सिलाई सलामी अर्पण गर्ने गरिन्छ।

यस्तै, भदौ २२ गते हनुमानढोकामा य:सिं ठड्याएर इन्द्रध्वजोत्थान गरिनेछ। यो वर्ष भदौ २४ गते इन्द्रजात्रा परेको छ। सो दिन 'क्व:नेया' (तल्लो टोलमा) जीवित देवी कुमार र जीवित देवहरु गणेश र भैरवको रथ यात्रा हुनेछ। रथ यात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा रथ यात्रा भएकै बाटो हुँदै 'दागीं' र त्यसपछि 'बहुमत:' ल्याउने परम्परा रहेको छ।

असोज २५ गते भने कुमारी, भैरव र गणेशलाई थ:नेया (माथिल्लो टोलमा रथ यात्रा) गराइन्छ। भदौ २८ गते नानिचा यात्रा पछि हनुमानढोका ठड्याइएको य:सिं ढाल्नेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell