PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

भक्तपुरको चित्तपोलमा गरियो वृक्षारोपण

भक्तपुरको चित्तपोलमा गरियो वृक्षारोपण

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : यँयाः (इन्द्रजात्रा)मा हनुमानढोकामा ठड्याउन यस वर्ष छानिएको य:सिं लिन काठमाडौंबाट मानन्धर समुदाय भक्तपुरको चित्तपोलका लागि निस्किएको छ। आज बिहान शुभ साइतमा गुरुज्यूको पल्टनसहित उनीहरु भक्तपुरको लागि प्रस्थान गरेका हुन्।

त्यसअघि आज बिहानै भक्तपुरको चित्तपोल (यसिंगुँ) मा वृक्षारोपण गरिएको थियो। शार्दुल जंग गुल्म र स्थानीयहरु चित्तपोल पुगेर वृक्षारोपण गरेका हुन्। हरेक वर्ष चित्तपोलमा यसरी नै वृक्षारोपण गर्ने गरिएको छ।

यो वर्ष भदौ २४ गते इन्द्रजात्रा परेको छ। भदौ २२ गते हनुमानढोकामा य:सिं ठड्याएसँगै विधिवत् रुपमा इन्द्रजात्रा सुरु हुन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell