PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो, सोमवार प्रतितोला ९४ हजार ५ सय रुपैयाँ



पहिलोपोस्ट

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो, सोमवार प्रतितोला ९४ हजार ५ सय रुपैयाँ

काठमाडौं : सुनको मूल्य फेरि क्रमिक घट्न थालेको छ। अघिल्लो दिनको भन्दा तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजारभन्दा तल आइपुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

साताको पहिलो दिन तोलामा ७ सय रुपैयाँ घट्दा प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। गत साताको अन्तिम दिन प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको थियो।

चालु महिनाको सुरुवातमा प्रतितोला ९६ हजार २ सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य सोमवार सर्वाधिक घटेको हो। गत साउनमा बढ्दा तोलाको ९७ हजार ८ सम्म पुगेको सुन घट्दा प्रतितोला ९३ हजार पनि भएको थियो।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ। सोमवार चाँदी प्रतितोला ११ सय ४५ रुपैयाँ कायम भएको छ। गत साताको अन्तिम दिनका तुलनामा १५ रुपैयाँ घट्दा आइतवार कारोबार मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतवार प्रतिऔंस १७३८.१० डलर रहेको सुन सोमवार घट्दै १७२३.५१ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस १८.९१ डलरबाट १८.५४ डलरमा आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell