PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

दुबईबाट आएकी महिला अवैध रुपमा ल्याएको सुनसहित विमानस्थलबाट पक्राउ



पहिलोपोस्ट

दुबईबाट आएकी महिला अवैध रुपमा ल्याएको सुनसहित विमानस्थलबाट पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध तरिकाबाट ल्याएको सुनसहित एक महिलालाई नियन्त्रणमा लिएको छ।

आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छली ल्याएको सुन करिब ५ सय ५० ग्राम सहित सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका ७ घर भई काठमाडौं महानगरपालिका-६ कपन बस्ने ४४ वर्षीया पासाङ डोल्मा लामालाई पक्राउ गरेको हो।

हिमालय एयरको उडानबाट दुबईबाट काठमाडौं आएकी उनको गतिविधि शंकास्पद देखिएपछि गेटमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा भिस्त्री वस्त्रभित्र फल्स बटम बनाई लुकाई ल्याएको उक्त सुन फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell