PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा गोर्खा भर्ती र अग्निपथ योजनाबारे छलफल हुने



पहिलोपोस्ट

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा गोर्खा भर्ती र अग्निपथ योजनाबारे छलफल हुने

काठमाडौं : आज अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दैछ। दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा भारत सरकारले ल्याएको ‘अग्निपथ योजना’को बारेमा छलफल हुनेछ।

भारत सरकारले भारतीय सेनामा ४ वर्षका लागि ‘अग्निवीर’हरु भर्ती गर्ने गरी योजना ल्याएको छ। भारतले नेपालबाट भर्ती हुने गोर्खा सैनिक पनि अग्निपथ योजना अन्तर्गत नै हुने बताइसकेको छ। नेपालले भने आधिकारिक रुपमा योजनाको बारेमा भारतलाई केही भनेको छैन।

त्यसैले आजको बैठकमा छलफलका लागि परराष्ट्रमन्त्री डा नारायण खड्कालाई पनि बोलाइएको छ। समितिले उनीसँग अग्निपथ र गोर्खा भर्ती योजनाबारे सरकारको योजना माग गर्नेछ।

पढ्नुस अग्निपथ योजना अन्तर्गत नै गोर्खा भर्ती हुन्छ: भारत, तर नेपाल सरकार भने मौन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell