PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या शीघ्र समाधान गर्न सभामुखको रुलिङ, एमालेले भन्यो : घटना टुलुटुलु हेरर बस्दैनौं



पहिलोपोस्ट

त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या शीघ्र समाधान गर्न सभामुखको रुलिङ, एमालेले भन्यो : घटना टुलुटुलु हेरर बस्दैनौं

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या शीघ्र समाधान गर्न सरकारलाई रुलिङ गरेका छन्। सोमवारको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी लगायतका विरोधका कार्यक्रमले पठनपाठन प्रभावित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएका हुन्।

‘त्रिभूवन विश्वविद्यालयमा भएको तालाबन्दी लगायतका विरोध कार्यक्रमहरुले विश्वविद्यालयको शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुरा उठाउनुभएको छ। सभाको गम्भीर ध्यानाकर्षण भएको छ। तसर्थ यो समस्या शिघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देशन दिन्छु,’ उनले भने।

यसअघि प्रतिनिधि सभा बैठकमा समय माग गरि नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले त्रिभुवन विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखले सरकारलाई रुलिङ गर्न माग गरेका थिए। उनले त्रिभूवन विश्वविद्यालयमा प्राध्यापकलाई आक्रमण गर्नेहरुमाथि कारबाही नगरिएको भन्दै आपत्तिसमेत जनाएका थिए। विश्वविद्यालयमा यसरी प्राध्यापकहरुमाथि आक्रमण हुनुले तथा अराजकता मौलाउनुले शिक्षाको गुणस्तर कायम नहुने उनले बताएका थिए। उनले त्रिभूवन विश्वविद्यालयमा घटिरहेका घटनाहरुको सम्बन्धमा एमाले टुलुटुले हेरेर नबस्ने भनेका थिए।

ज्ञवालीले त्रिभूवन विश्वविद्यालय चरम गुण्डागर्दीले त्रसित रहेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो विद्यार्थी संगठनलाई गुण्डागर्दी गर्न सिकाएको हो ? भन्ने प्रश्नसमेत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell