PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

फिल्म ‘दृश्यम’ को तेस्रो सिक्वेल बन्ने, मोहनलाल नै मुख्य भूमिकामा



पहिलोपोस्ट

फिल्म ‘दृश्यम’ को तेस्रो सिक्वेल बन्ने, मोहनलाल नै मुख्य भूमिकामा

दक्षिण भारतीय फिल्म ‘दृश्यम’ को तेस्रो श्रिखंला बन्ने घोषणा भएको छ। निर्माता एन्टोनी पेरुम्बावुरले हालै एक अवार्ड समारोहमा सिक्वेलको पुष्टि गरेका हुन्।

मलयालम फिल्म ‘दृश्यम’ को पहिलो र दोस्रो श्रृखंलाको सफलतापछि उनले तेस्रो सिरिज बनाउन लागेका हुन्। ‘दृश्यम ३’ मा अभिनेता मोहनलालको मुख्य भूमिका रहनेछ। उनी यसमा जर्ज कुट्टीको पात्रको भूमिकामा देखिनेछन्। यसअघिका दुई सिरिजमा पनि मोहनलालकै मुख्य भूमिका रहेको थियो।

दृश्यमको पहिलो श्रृंखला सन् २०१३ मा प्रदर्शन भएको थियो। फिल्ममा मोहनलालका साथै मीना, अन्सिबा हसन र एस्थर अनिल लगायतका कलाकारले अभिनय गरेका थिए। त्यसैगरि, दृश्यमको दोस्रो श्रृंखला भने सन् २०२१ मा ओटीटीमा रिलिज गरिएको थियो।

व्यवसायिक रूपमा सफल भनिएको यस फिल्मलाई सन् २०१५ मा हिन्दीमा पनि रिमेक गरिएको थियो।  दृश्यमको हिन्दी रिमेकमा अजय देवगन, तब्बु र श्रिया सरन मुख्य भूमिकामा थिए। हिन्दी संस्करणको दोस्रो श्रंखला १८ नोभेम्बर २०२२ मा रिलिज हुनेछ। हिन्दी बाहेक यस फिल्मलाई कन्नड, तेलुगु र तमिलमा पनि रिमेक गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell