PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

छात्रालाई दुर्व्यवहार गर्ने नोबेल एकेडेमीका शिक्षक प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

छात्रालाई दुर्व्यवहार गर्ने नोबेल एकेडेमीका शिक्षक प्रहरी नियन्त्रणमा
फाइल फोटो

काठमाडौं : छात्रालाई दुर्व्यवहार गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नयाँ बानेश्वरस्थित नोबल एकेडेमीका शिक्षकलाई नियन्त्रणमा लिएको हो। आज बिहानै छात्रालाई दुर्व्यवहार भएको भन्दै एकेडेमीका विद्यार्थीहरुले प्रर्दशन गरेका थिए। त्यसपछि प्रहरीले घटनाको अनुसन्धान गर्ने आरोपी शिक्षकलाई नियन्त्रणमा लिएको हो।

यसअघि पनि छात्रालाई दुर्व्यवहार गरेको अभियोगमा चावहिलस्थित सेन्टलरेन्सका शिक्षकलाई समेत पक्राउ गरेको थियो। विद्यार्थीहरुले प्रर्दशन गरेपछि प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिएको थियो। अदालतले सेन्टलरेन्सका कोअर्डिनेटर र शिक्षकलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell