PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

मोहना नदीको जल सतह खतराभन्दा माथि, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



पहिलोपोस्ट

मोहना नदीको जल सतह खतराभन्दा माथि, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं : कैलालीको मोहना नदीमा बाढीले खतराको सतह पार गरेको छ। आइतबार साँझदेखि परिरहेको अविरल वर्षापछि नदीले खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

नदीमा पानीको सतह खतरा भन्दा धेरैमाथि पुगिसकेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पानीको सतह तीन दशमलव छ मिटर पुगेपछि खतरा मानिँदै आएकोमा आज बिहानसम्म बढेर तीन दशमलव १५ मिटर पुगेको जानकारी दिए।

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरसहितका जिल्लामा आइतबारदेखि अविरल वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले कान्द्रा, मोहना, खुटियालगायत साना खोलामा आकस्मिक बाढी आउनुको साथै होचा ठाउँमा डुबान हुनसक्ने भएकाले सतर्क रहन विभागले जनाएको छ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell