PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

राष्ट्रियसभाका लागि काङ्ग्रेसको संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनयन



पहिलोपोस्ट

राष्ट्रियसभाका लागि काङ्ग्रेसको संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनयन

काठमाडौं : राष्ट्रियसभाका लागि नेपाली काङ्ग्रेसको संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनयन भएका छन्। प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सोमवार रायमाझीलाई मनोनयन गरेका हुन्।

दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४)को धारा १२ को उपधारा (१) बमोजिम देउवाले राष्ट्रियसभाका लागि संसदीय दलको नेता पदमा रायमाझीलाई मनोनयन गरेको काङ्ग्रेसले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell