PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

एमालेसँग प्रतिस्पर्धा गर्ने सत्ता गठबन्धनले सामर्थ्य गुमाइसक्यो : शंकर पोखरेल



पहिलोपोस्ट

एमालेसँग प्रतिस्पर्धा गर्ने सत्ता गठबन्धनले सामर्थ्य गुमाइसक्यो : शंकर पोखरेल
फाइल फोटो।

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेसँग प्रतिस्पर्धा गर्ने सत्ता गठबन्धनले सामर्थ्य गुमाइसकेको बताएका छन्।

सोमवार आयोजित पत्रकार सम्मेलनमा पोखरेलले यस्तो बताएका हुन्। उनले नीतिगत सामर्थ्य काङ्ग्रेसले गुमाइसकेको समेत बताए।

४ वटा प्राथमिकतामा एमाले पहिलो शक्तिका रुपमा रहेको भन्दै स्वाभिमान स्वाधिनताका पक्षमा एमाले अग्रणी स्थानमा रहेको उनको भनाइ थियो।

उनले भने, ‘विकासको प्रश्न पनि मुख्य रुपमा आएको छ। विकासका मुद्दामा पनि एमाले अघि छ भन्ने पुष्टि भएको छ।’

राजनीतिलाई अदालतमा प्रवेश गराउने कुरा गठबन्धनले गरेको महासचिव पोखरेलले बताए।

‘अदालतले जनतामा जाने कुरा रोकेको थियो। हामी जनताको अदालतमा गएर हामी सुल्झाउन चाहन्छौँ। लोककल्याणकारी राज्य तेस्रो कुरा हो। निर्वाचनमा राख्न चाहान्छौँ। हामी ध्रुविकरणतर्फ लान चाहन्छौँ,’ उनले भने।

नाकाबन्दीको डटेर सामना गरेका केपी ओली सबैभन्दा व्यवस्थित नेता भएको दाबी गर्दै उनले जनतालाई संकट परेका बेलामा अभिभावकका रुपमा पाएको बताए। संविधान बनाउने बेलामा अगुवाइ गर्ने कुरामा ओलीले सफलता हासिल गरेको उनको भनाइ थियो।

उनले भने, ‘फेरि जनताले सत्तामा ल्याउँछन् भनेर ओलीलाई प्रमका रुपमा अघि सारेका छौँ। घेराबन्दी गरेर हटाइएकाले जनताले फरि उहाँलाई सत्तामा पुर्‍याउँछन्।’

उनले निर्वाचलन परिचालन कमिटी गठन भएको बताए। २३ वटा जनवर्गीय संगठनलाई पनि राज्यले सम्बोधन गर्नुपर्ने विषय संकलन गर्न भनेको उनले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell