PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

रुपन्देहीको देवदहमा बुबाको हत्या अभियोगमा छोरा समातिए



पहिलोपोस्ट

रुपन्देहीको देवदहमा बुबाको हत्या अभियोगमा छोरा समातिए

बुटवल : रुपन्देहीको देवदहमा बुबाको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा देवदह नगरपालिका-१० का दीपक पुन रहेका छन्।

घरायसी विषयमा झगडा हुँदा आइतवार राति आफ्नै बुबा ५१ वर्षीय प्रेमप्रसाद पुनको हत्या गरेको अभियोगमा उनका २७ वर्षीया छोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्याम अर्यालले जानकारी दिए।

घरायसी झगडामा दीपकले खाटबाट भुइँमा धकेल्दा प्रेमप्रसादको घटनास्थलमै मृत्यु भएको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell