PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

आगामी निर्वाचनको लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न अर्थमन्त्रालय सहमत



पहिलोपोस्ट

आगामी निर्वाचनको लागि १ लाख १५ हजार म्यादी प्रहरी  भर्ना गर्न अर्थमन्त्रालय सहमत

काठमाडौँ: आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि १ लाख १५ हजार म्यादी प्रहरी परिचालन हुनेको भएको छ।

अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न स्वकृति दिएको छ। त्यही अनुसार प्रहरीले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ। मङ्सिर ४ गते दुवै तहको निर्वाचन हुँदै छ। यसअघिको स्थानियतहको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिएको थियो।

४० दिनको अवधिका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो। यस पटक दुवै तहको निर्वाचन एकैचोटी हुने भएकाले सुरक्षा चुनौती रहेकाले अघिल्लो पटकको भन्दा बढी म्यादी प्रहरी परिचालन गर्नुपर्ने नेपाल प्रहरीले सुझाव दिएको थियो। प्रहरीले १ लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने सुझाव दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell