PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गठबन्धनले एमालेसँग प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसक्यो : शंकर पोखरेल, ‘आलोचकलाई ओलीसँग भेट्न आउन आह्वान’



प्रकाश भण्डारी

गठबन्धनले एमालेसँग प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसक्यो : शंकर पोखरेल, ‘आलोचकलाई ओलीसँग भेट्न आउन आह्वान’

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेसँग प्रतिस्पर्धा गर्न गठबन्धनले सामर्थ्य गुमाइसकेको बताएका छन। आज आयोजित पत्रकार सम्मेलनका क्रममा उनले सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले नीतिगत सामर्थ्य गुमाइसकेको पनि बताए।

उनले नेपालको स्वाभिमान स्वाधिनताका पक्षमा एमाले अग्रणी स्थानमा रहेको भन्दै अहिले विकासको प्रश्न पनि मुख्य रुपमा आएको बताए। भने, ‘विकासका मुद्दामा पनि एमाले अघि छ भन्ने पुष्टि भएको छ।’

उनले राजनीतिक विषयलाई अदालतमा प्रवेश गराउने काम गठबन्धनले गरेको आरोप लगाएका छन्।

‘अदालतले जनतामा जाने कुरा रोकेको थियो। हामी जनताको अदालतमा गएर सुल्झाउन चाहन्छौं। लोककल्याणकारी राज्य तेस्रो कुरा हो, निर्वाचनमा राख्न चाहान्छौं। हामी ध्रुविकरणतर्फ लान चाहन्छौं।’

पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली पछिल्ला अह्म प्रश्नमा सबभन्दा व्यवस्थित नेता भएको जिकिर गरे।

‘जनतालाई संकट परेका बेलामा अभिभावकका रुपमा पाएका छौं। संविधान बनाउने बेलामा अगुवाइ गर्ने कुरामा सफलता हासिल गर्नु भयो। नाकाबन्दीको डटेर सामना गर्नुभयो। आज लोकतन्त्रका खम्बा माथिको विश्वास टुटने अवस्थामा पुगेको,’ उनेल भने।  

ओलीलाई नभेट्दा मान्छे आलोचक हुने र भेटेपछि प्रभवित हुने भन्दै उनले थप भने : आलोचकलाई पनि एक पटक भेट्न अनुरोध गर्छु।

जनताले फेरि एमालेलाई सत्तामा ल्याउँछन् भनेर ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सारेका उनले बताए।ओलीलाई फेरि प्रधामनमन्त्रीमा अघि सारेको एमालेले केही नीतिगत काम गरिरहेको उनले सुनाए। त्यसका लागि निर्वाचलन परिचालन कमिटी गठन गरिएको र २३ वटा जनवर्गीय संगठनलाई पनि राज्यले सम्बोधन गर्नुपर्ने विषय संकलन गर्न भनेको उनले बताए।

‘घेराबन्दी गरेर हटाइएकाले जनताले फरि उहाँलाई सत्तामा पुर्‍याउनेछन्,’ उनले भने।

पोखरेलले एमाले अहिले पनि ठूलो पार्टी भएको कारण राष्ट्रियताको मुद्दा उठाउनु परेको बताए। नागरिकता विधेयक राष्ट्रियसभाबाट राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पुगिनसकेको भन्दै उनले राष्ट्रपतिको  राजीनामाको विषय बजारको हल्ला भएको बताए।

‘नागरिकता अध्यादेशमा अंग्रिकृत सन्तानलाई वंशजको नागरिकता दिन थियो। विधेयक र अध्यादेश फरक छन्। हाम्रो आलोचना संसदीय प्रक्रिया फास्ट ट्रायकबाट पास गर्ने र नेपाली चेली भारतमा जाँदा जे प्रावधान छ भारतकी चेली नेपालमा आउँदा पनि त्यहि हुनुपर्छ भनेका हो,’ उनले भने।

उनले एमाले निर्वाचनमा लड्न कुनै गठबन्धनका पक्षमा नभएको समेत बताए।

‘राजनीतिक ध्रुविकरणका कुरा गरेका हौं, गठबन्धनको होइन। प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान खोजेका होइनौं। संसदीय लोकतन्त्र भित्र प्रधानमन्त्रीको कुरा गरेका हौं,’ उनले भने।

उनले लोकतान्त्रिक विधिबाट भदौ २२ गतेसम्म उम्मेदवार चयन गरिसक्ने दाबी समेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell