PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

थपिए २२६ जना कोरोनाका संक्रमित, सक्रिय संक्रमितको संख्या ३ हजार २३५



पहिलोपोस्ट

थपिए २२६ जना कोरोनाका संक्रमित, सक्रिय संक्रमितको संख्या ३ हजार २३५

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय २६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ११ जनामा परीक्षण गर्दा २ सय २६ जनामा संक्रमण देखिएको हो।

१ हजार ५२५ पीसीआर परीक्षण गरिएकोमध्ये १४५ जनामा र २ हजार ४८६ एन्टीजेन परीक्षण गरिएकोमा ८१ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, सोही अवधिमा २ सय २३ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ३५ रहेको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell