PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

स्रोत नखुलेको साढे २४ लाखसहित रूपन्देहीबाट एक जना पक्राउ



पहिलोपोस्ट

स्रोत नखुलेको साढे २४ लाखसहित रूपन्देहीबाट एक जना पक्राउ

बुटवल : रूपन्देही प्रहरीले स्रोत नखुलेको करिब साढे २४ लाख रूपैयाँसहित एक जना युवकलाई पक्राउ गरेको छ।

रूपन्देहीको सिद्धार्थनगर नगरपलिका-१ बाट स्रोत नखुलेको मोटो रकमसहित बुटवल उपमहानगरपालिका-८ का २८ वर्षीय सन्दीप शाक्यलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) श्याम अर्यालले जानकारी दिए।

अवैध रकम ओसारपसार हुँदै गरेको सूचना पाएपछि प्रहरीले जाँच गर्दा शाक्यको साथबाट २४ लाख ४० हजार रुपैयाँ फेला परेको डीएसपी अर्यालले बताए। उक्त रकमसहित पक्राउ परेका शाक्यलाई आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell