PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

मेयरदेखि मन्त्रीसम्मले चुनावमा पक्ष विपक्षमा प्रचार गर्न नपाउने



पहिलोपोस्ट

मेयरदेखि मन्त्रीसम्मले चुनावमा पक्ष विपक्षमा प्रचार गर्न नपाउने

काठमाडौं : मन्त्री र मेयरले चुनावमा प्रचार गर्न नपाउने भएका छन्। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा मन्त्री र मेयरले प्रचारप्रसार गर्न नपाउने भएका हुन्।

निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिता २०७९ मा संघ र प्रदेशका मन्त्री र स्थानीय कार्यपालिकाका पदाधिकारीले पक्ष विपक्षमा प्रचार गर्न नपाउने उल्लेख छ।

‘कुनै राजनीतिक दल वा उम्मेदवारले पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुने,’ आचार संहितामा भनिएको छ।

तर, आफैँ उम्मेदवार भएको क्षेत्रमा भने प्रचारप्रसार गर्न पाइने छ।

निर्वाचन आचारसंहिताले बजेट तथा कार्यक्रम, नयाँ नीति लगायतका कार्यक्रम पनि घोषणा गर्न सरकारलाई बन्देज लगाएको छ।

योजनाको शिलान्यास, उद्घाटन र निरीक्षण गर्न पनि आचारसंहिताले रोक लगाएको छ। यस्तै, चुनाव प्रचारप्रसारका क्रममा राजनीतिक दलले जुलुस तथा आमसभामा दल वा उम्मेदवारको झण्डा अंकित लोगो पनि लगाउन नपाउने भएका छन्।

‘उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा क्पाप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गाम्छा, ब्याज बोक्न नहुने,’ आचार संहितामा भनिएको छ। 

राजनीतिक दलले प्रचारप्रसारको लागि दुई जनाको नाम आयोगमा बुझाउनु पर्नेछ। आयोगले अनुमति दिएको प्रचारकले मात्रै हेलिकप्टर प्रयोग गर्न पाउने छन्। तर, मन्त्री र स्थानीय तहका पदाधिकारीलाई भने मुख्य प्रचारक बनाउन नमिल्ने आयोगले जनाएको छ।

राजनीतिक दलले हेलिकप्टर प्रयोग गर्दा दलले समानुपातिक निर्वाचनका लागि बन्दसूचिका उम्मेदवारको संख्याको आधारमा राजनीतिक दलले गर्न पाउने खर्चको सीमाभित्र रहेर गर्नुपर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell