PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

तिजका गीतलाई युट्युबमा ‘भ्युज’को खडेरी, यी हुन् दर्शकले रुचाएका गीत



लक्ष्मी बलायर

तिजका गीतलाई युट्युबमा ‘भ्युज’को खडेरी, यी हुन् दर्शकले रुचाएका गीत

काठमाडौं : आजदेखि हिन्दू महिलाहरूको महान चार्ड तिज सुरु भइसकेको छ। तिज आउनु एक महिनाअघि महिलाहरू दर खानेदेखि नाचगान गरेर रमाइलो गर्छन्।

असारदेखि नै तिजलक्षित गीतहरू सार्वजनिक हुने गर्छन्। यस वर्ष पनि तिजविशेष थुप्रै गीतहरू आए। तर, तिज गीतको संख्या राम्रो भएपनि यसवर्ष पहिल्यै झै तिजको रौनकता भने छैन।

चलेकै कलाकारको गीत पनि दर्शकले रुचाएको अवस्था छैन। जसकारण युट्युबमा पनि तिज गीतमा भ्युजको खडेरी छ। यद्यपि, केही तिज गीतहरूलाई भने दर्शकहरुले निकै मन पराएका छन्। केही तिज गीतहरु टिकटकदेखि युट्युबसम्म हिट छन्।

झमझम झम्काना

डेढ महिनाअघि सार्वजनिक भएको तिज गीत ‘झमझम झम्काना’लाई दर्शकले निकै मन पराएका छन्। यसवर्ष सार्वजनिक तिजलक्षित गीतमध्ये करोड भ्युज पाउने यो एक मात्र गीत हो। यस गीतलाई युट्युबमा हालसम्म एक करोड ५३ लाख बढीले हेरिसकेका छन्।

यस तिज गीतमा भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर सुन्न सकिन्छ। बोमबहादुर गाहा मगरको शब्द, भागिरथकै संगीत रहेको गीतमा विनोद बाजुरालीको एरेन्ज रहेको छ। गीतको भिडियोमा मोडल गीता ढुंगाना र भागिरथ नै फिचर्ड छन्।

 

पाउमा पाउजु

‘पाउमा पाउजु’ बोलको तिज गीत यसवर्षको सबैभन्दा हिट गीत हो। सुवर्ण थापा ‘फिल्म द सिक्रेट अफ राधा’मा समावेश यस गीतमा प्रियंका कार्की र सृष्टि श्रेष्ठले नृत्य गरेका छन्।

यस गीतको क्लिप ‘नाच्न त मन थियो राधा पियारी, पाउमा पाउजु छैन बरि लै’ टिकटकमा निकै हिट छ। महिलाहरूले सारी लगाएर कम्मर मर्काउँदै टिकटक बनाएका छन्। युट्युबमा पनि यस गीतले ६२ लाख बढी भ्युज पाइसकेको छ।

सिर्जना खत्रीको शब्द रहेको गीतमा सज्जा चौलागाईं र स्वस्तिका ढकालको स्वर रहेको छ। यस गीतलाई कालीप्रसाद बाँस्कोटाले संगीतबद्ध गरेका हुन्।

 

चरी जेलैमा २

विष्णु माझीको स्वर रहेको ‘चरी जेलैमा २’ पनि यसवर्ष दर्शकले मन पराएको गीत हो। यो गीत गतवर्ष बजार पिटेको ‘चरी जेलैमा’ को अर्को भाग हो।

सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीतको म्युजिक भिडियोमा अघिल्लो वर्षकै मोडल ललिता पौडेलको अभिनय छ। बिहे गरेकी छोरीको पिडा र बेदना समेटिएको गीतका शब्दहरू मनछुने छन्। दुई साताअघि रिलिज भएको गीतलाई युट्युबमा ६६ लाख भन्दा बढी दर्शकले हेरेका छन्।

 

छन त मै राम्रो छैन

पशुपति शर्मा र सम्झना भण्डारीको स्वर रहेको ‘छन त मै राम्रो छैन’ बोलको गीतलाई युट्युबमा राम्रो भ्युज आएको छ। पशुपति शर्माको लय/शब्द रचना रहेको गीतलाई ७० लाख ७० हजार बढी दर्शकले हेरेका छन्।

शेखर घर्ति मगरको उत्कृष्ट निर्देशन एवं कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा शेखर घर्ति मगर र चाहना राना मगरको अभिनय छ।

 

यो रमाइलो तिजैमा

सुनिता दुलालको तिज गीत यो ‘रमाइलो तीजमा’ बोलको गीत पनि हिट छ। गीतमा उन्नत बोहरा (शिला) को शब्द र शम्भुजित बास्कोटाको संगीत छ।

सुनिता दुलालको स्वर रहेको गीतको भिडियोमा सुनिताका साथै अञ्जली अधिकारी र करिश्मा मानन्धर लगायतको अभिनय छ। युट्युबमा यस गीतलाई हालसम्म २९ लाख बढीले हेरेका छन्।

 

माइतीको आँगनमा नाचम्ला

शान्ति श्री परियारको ‘माइतीको आँगनमा नाचम्ला’ गीतलाई पनि युट्युबमा रुचाइएको छ। डीपी दाहाल परिश्रमीको लय तथा पुरुषोत्तम न्यौपानेको संगीत रहेको उक्त गीतमा गायिका परियारको स्वर रहेको छ।

भिडियोमा मोडल नयन डीसी र अञ्जली अधिकारीका साथमा कलाकार रमा थपलियाको लगायतको अभिनय देख्न सकिन्छ। यस गीतलाई ११ लाख ५० हजार बढीले हेरेका छन्।

 

मै मोटी भएनि नाँच्छु घुमेर

गायिका सुनिता बुढा क्षेत्री र अमृता नेपालीको स्वर रहेको ‘मै मोटी भएनि नाँच्छु घुमेर’ गीतलाई पनि युट्युबमा मन पराएका छन्। वीरेन्द्र ढकालको लय/शब्द रहेको यस तीज गीतमा महेन्द्र भण्डारीको संगीत संयोजन छ।

गीतमा टिकटकबाट ख्याति कमाएकी भावना आचार्य ‘लुरी’, गङ्गा शर्मा र सम्प्रिया खड्काको अभिनय छ। गीतमा मुख्यतया आफू मोटो भएनी नाच्न सक्षम भएको र आफूमा जे छ त्यसमा खुसी हुनुपर्छ भन्ने भाव व्यक्त गर्न खोजिएको छ।

गीतले युट्युबमा हालसम्म २३ लाख ९९ हजार भ्युज पाएको छ।

 

निरजाले

राजेन्द्र कँडेल र शान्ति श्री परियारको आवाज रहेको ‘निरजाले’ तिज गीत पनि दर्शकको रोजाईमा परेको छ। नारायण शर्माको शब्द रहेको गीतमा कँडेल आफैले लय सिर्जना गरेका छन्।

गीतको भिडियोमा गायक तथा मोडल रामजी खाँड र करिश्मा ढकालको अभिनय रहेको छ। यस गीतलाई १८ लाख बढिले हेरेका छन्।

 

ओम भोले

‌‘ओम भोले’ बोलको तिज गीत पनि रुचाइएको छ। गीतमा शान्ती श्री परियार र खुमन अधिकारीको स्वर छ।

गीतको भिडियोमा अञ्जली अधिकारी, खुमन अधिकारी र अभिशेक खड्का फिचर्ड छन्। यस गीतको भिडियोलाई २३ लाखले हेरेका छन्।

 

धुलो उडाईगो

भागिरथ चलाउनेको अर्को गीत ‘धुलो उडाईगो’लाई पनि दर्शकले मन पराएका छन्। रविन्द्र बुढाथोकी लय/शब्द रहेको गीतमा चलाउनेका साथै भूमिका गिरीको स्वर सुन्न सकिन्छ।

रविन्द्र बुढाथोकी र गीता वलीको अभिनय रहेको भिडियोलाई १९ लाख बढीले हेरेका छन्।

 

नाचौँ छम छम

‘नाचौँ छम छम’ तिज गीत पनि दर्शकले मन पराएका छन्। डीपी खनालको शब्द रहेको गीतमा मेलिना राई र अन्नु चौधरीको स्वर सुन्न सकिन्छ।

गीतमा प्रिन्सी-प्रिज्मा खतिवडा, निराजन प्रधान र किरन श्रेष्ठको अभिनय र नृत्य छ। भिडियोलाई १८ लाख ७४ हजार भ्युज मिलेको छ।

 

खायो बरै कलेजी 

सुमित्रा कोइरालको ‘खायो बरै कलेजी’ तिज गीतलाई पनि दर्शकले रुचाएका छन्। यस गीतमा सुमित्राकै शब्द, स्वर र संगीत छ।

डान्स प्याटनको यस गीतको भिडियोमा अञ्जली अधिकारी र करिश्मा ढकालको अभिनय र नृत्य छ। यस गीतलाई युट्युबमा १७ लाख बढिले हेरेका छन्।

 

त्यसैगरि, लक्ष्मी न्यौपानेको तिज गीत ‘भन्नु हुन्थ्यो बाबाले’, राधिका हमालको तीज गीत ‘हेरिस्योन’, देवी घर्ती मगरको ‘ओइ पोई’ तिज गीतलाई पनि दर्शकले मन पराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell