
काठमाडौं: नेपाल र केन्याबीच जारी टी २० सिरिजको चौथो खेलमा केन्याले नेपाललाई १०२ रनको लक्ष्य दिएको छ। केन्याको नैरोबीस्थित जिमखाना क्लब ग्राउण्डमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको केन्याले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनाएको हो।
सुरुबाटै केन्याका ब्याट्सम्यान क्रिजमा टिक्न संघर्ष गरेका थिए। केन्याका लागि ओपनर कोलिन्स ओबुयाले २० रन बनाउँदा लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाए। त्यस्तै कप्तान शेम एनगोचेले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिँदा मोहम्मद आदिल आलमले २ तथा शाहब आलम र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।
नेपाल केही केही बेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ। नेपालले यसअघि सिरिजको पहिलो र तेस्रो खेलमा जित निकालेको थियो भने केन्याले दोस्रो खेलमा जित निकालेको थियो।