PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिन ७६ वटा दलबाट पर्‍यो ६८ निवेदन



पहिलोपोस्ट

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिन ७६ वटा दलबाट पर्‍यो ६८ निवेदन

काठमाडौं : आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि ७६ वटा दलबाट ६८ वटा निवेदन परेका छन्। निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो।

त्यसैगरी, प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नम्बर १ मा विभिन्न ६३ वटा दलबाट ५५ वटा निवेदन, मधेश प्रदेशमा ६७ वटा दलबाट ५९ वटा निवेदन, वाग्मती प्रदेशमा ६६ वटा दलबाट ५८ वटा निवेदन परेका छन्।

त्यस्तै, गण्डकी प्रदेशमा ६० वटा दलबाट ५२ वटा निवेदन, लुम्बिनी प्रदेशमा ६२ वटा दलबाट ५४ वटा निवेदन, कर्णाली प्रदेशमा ५७ वटा दलबाट ४९ वटा निवेदन र सुदूरपश्चिम प्रदेशमा ५८ वटा दलबाट ५० वटा निवेदन परेको आयोगले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell