PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

उम्मेदवार सिफारिस गर्दा रकम नउठाउन कांग्रेसको परिपत्र



पहिलोपोस्ट

उम्मेदवार सिफारिस गर्दा रकम नउठाउन कांग्रेसको परिपत्र

काठमाडौंः नेपाली कांग्रेसले आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस गर्दा आर्थिक लेनदेन नगर्न मातहतका कार्यसमितिलाई परिपत्र गरेको छ। कतिपय जिल्लाहरुमा रकम लेनदेनको जानकारी प्राप्त भएको भन्दै परिपत्र गरिएको हो। मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार मातहतका सबै कार्यसमितिलाई परिपत्र गरेका हुन्। 

पौडेलले सबै प्रदेशका प्रदेश कार्यसमिति, जिल्ला सभापति, प्रतिनिधि सभाको क्षेत्रीय कार्यसमिति तथा प्रदेश सभा क्षेत्रीय कार्यसमितिका नाममा परिपत्र गरेका हुन्।  

परिपत्रमा भनिएको छ, ‘विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम (लेबी) बाहेक उम्मेदवार सिफारिस गर्दा कुनै पनि तहको कार्यसमितिले कुनै पनि प्रकारको रकम माग गर्नु/उठाउनु विधान विपरीतको कार्य हुने भएकोले त्यस्तो कार्य नगर्नू÷नगराउनू हुन निर्देशानुसार अनुरोध गरिन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell