PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

तनहुँ क्षेत्र नम्बर एकका दुबै प्रदेशमा दिपक भट्टराईको दाबी



पहिलोपोस्ट

तनहुँ क्षेत्र नम्बर एकका दुबै प्रदेशमा दिपक भट्टराईको दाबी

काठमाडौं : नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री दीपक भट्टराई तनहुँबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचन लड्ने भएका छन्। उनले प्रदेशसभा सदस्यबाट चुनाव लड्न पार्टीको क्षेत्रीय समिति समक्ष आवेदनसमेत बुझाएका छन्। उनले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा दुवै प्रदेशमा उमेदवार हुने दाबी पेश गरेका हुन्।

भट्टराई नेविसंघको महामन्त्री, महाधिवेशन प्रतिनिधिको हैसियतमा लगनशील र इमान्दार रहेको भन्दै उनको उम्मेदवारीलाई स्वभाविक रुपमा समेत लिइएको छ। भट्टराई विद्यालय जीवनदेखि नेविसंघमा आवद्ध भई सक्रिय राजनीतिमा होमिएका थिए। उनीमात्रै होइन भट्टराई परिवारको तीन पुस्ता नै तनहुँको राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील छ।

बीपी कोइरालाको प्रेरणाले राजनीतिमा लागेका उनी राजद्रोह मुद्दामा २०२९ माघ २२ गतेबाट ठीक दुई वर्ष कास्की कारागारमा बसेका थिए। उनले एक वर्ष भूमिगत जीवन बिताएर बुबा श्रीराम भट्टराई नेपाल तरुण दलको जिल्ला सदस्यसमेत बनेका थिए।  उनले निर्मल माध्यमिक विद्यालयमा लामो समयसम्म शिक्षणसमेत गरे।  भट्टराई २०६२–०६३ को लोकतान्त्रिक आन्दोलनदेखि विभिन्न विद्यार्थी आन्दोलनमा सक्रिय थिए। कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको प्रत्यासी भट्टराईले त्रिचन्द्र क्याम्पसमा इकाई सदस्य बनेर आफ्नो राजनीतिक कर्मलाई अगाडि बढाएका थिए।  २०५५ सालमा गगन थापा सभापति हुँदा उक्त क्याम्पसमा युनियन सहसचिव भएका थिए। त्रि–चन्द्र क्याम्पसमा नेविसंघले अन्याय गरी टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र भई लडेर २०६२ सालमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए। त्यसपछि २०५७ र २०६० नेविसङ्घको केन्द्रीय सदस्य भए। युवा नेता भट्टराई कांग्रेसको १३ औं र १४ औं महाधिवेशनमा तनहुँबाट भारी मतमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए।

त्रिचन्द्र कलेजको सुधारदेखि, त्रिभुवन विश्वविद्यालयबाट विद्यार्थी हकहितको पक्षमा उनले धेरै नीतिगत लडाइमा उनको योगदान छ। ‘हिजो व्यवस्था परिवर्तनको लगि लडें, अब अवस्था परिवर्तनको लागि लडेको छु’ भट्टराईले भने, ‘शिक्षा परिवर्तनको आधार हो, समृद्धिको आधार हो, शिक्षा नै विकासको मेरुदण्ड हो।’ उनले युवाको भविष्यका लागि, मुलुकको समृद्धि, तनहुँको परिवर्तन र प्रगतिको लागि आफ्नो उम्मेदवारी भएको बताए। देशको नेतृत्व तनहुँले गर्नुपर्ने र तनहुँको नेता हाम्रो भिरपाखाको मात्रै हैन देशकै नेता बन्नुपर्ने भट्टराईको भनाई छ। उनले ‘हामी हाम्रो भूगोलसँगै समग्र देशको विकास गछौं’ भन्दै भट्टराईले युवाको सोचले नै मुलुकको समृद्धिको आधार भएकोले राजनीतिक दल युवाको मनमुटुमा बस्न सक्नुपर्ने बताए।

२०५२ सालको शिक्षा सेवा आयोगमा निमावि तहको नाम निकालेर पनि अन्तरवार्ता नदिइ राजनीतिमा होमिएका थिए भट्टराई। राजनीतिको माध्यमबाट देश परिवर्तन गर्न लागेको उनी बताउँछन्। समाजशास्त्रमा स्नातकोत्तर गरेका भट्टराई हाल त्रिभुवन विश्वविद्यालयबाट द्वन्द्व व्यवस्थापन विषयमा विद्यावारिधि पीएचडी गर्दै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell