PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

भारतका गौतम अडानी बने विश्वकै तेस्रो धनी



पहिलोपोस्ट

भारतका गौतम अडानी बने विश्वकै तेस्रो धनी

काठमाडौंः भारतीय धनाढ्य गौतम अडानी विश्वको तेस्रो धनी व्यक्ति बनेका छन्। पहिलोपटक कुनै एसियाली व्यक्ति ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सको शीर्ष तीनमा परेको यो नै पहिलोपटक हो।

भारतीय मुकेश अम्बानी र चिनियाँ ज्याक मा पनि यो स्थानमा पुग्न सकेका छैनन्। एक खर्ब ३४ अर्ब अमेरिकी डलर सम्पत्ति रहेको अडानीले फ्रान्सका बर्नार्ड अर्नल्टलाई उछिन्दै अब अमेरिकी इलन मस्क र जेफ बेजोसभन्दा पछि छन्।

६० वर्षीय अडानीले पछिल्लो समय डेटा सेन्टरदेखि सिमेन्टमा आक्रामक लगानी गरिरहेका छन्। मिडियासहित रसायनका क्षेत्रमा समेत उनले लगानी विस्तार गर्दै लगेका छन्। अडानी समूहले अहिले भारतको सबैभन्दा ठूलो निजी क्षेत्रबाट सञ्चालित बन्दरगाह, विमानस्थल अपरेटरदेखि सिटी ग्यास वितरक र कोइला माइनर बनेको छ।

अडानीले सन् २०२२ एक्लैमा ६० अर्ब ९० करोड अमेरिकी डलर आर्जन गरिसकेका छन्। गत फेब्रुअरीमा अडानीले मुकेश अम्बानीलाई उछिन्दै एसियाको धनाढ्य बनेका थिए। गत महिना उनले बिल गेट्सलाई उछिन्दै विश्वको चौथो धनाढ्य व्यक्ति बन्न सफल भएका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell