PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

केन्यासँगको सिरिजको निर्णायक खेल आज, नेपाललाई ब्याटिङले झक्झकाएको भय



पहिलोपोस्ट

केन्यासँगको सिरिजको निर्णायक खेल आज, नेपाललाई ब्याटिङले झक्झकाएको भय
फाइल फोटो क्यान

काठमाडौं : नेपाली क्रिकेट टोली केन्यासँग खेल्न पठाउनुको पछाडि नेपाल क्रिकेट संघको केही कारणहरु थिए। जसमध्ये एउटा बलियो कारण थियो वरीयता सुधार्ने। नेपाली टिमले कमजोर वरीयता रहेको केन्यासँगको सिरिजमा सहज जित निकाल्दै वरीयतामाथि लैजाने विश्वकपका लागि बाटो खोल्ने क्यानको योजना थियो। तर, यो सिरिज नेपालले सोचेजस्तो 'सहज' भइरहेको छैन।

सुरुवाती चार खेल खेल्दा नेपालले दुई खेल गुमाइसकेको छ। पछिल्लो खेलमा त लज्जास्पद ब्याटिङ गर्दै नेपालले १०२ रनको लक्ष्य समेत भेट्टाउन सकेन।

टी २० सिरिजको आज अन्तिम खेल। आजको खेल जित्ने टोलीले सिरिज नै जित्नेछ। त्यसले गर्दा दुबै टोली जितको खोजीमा रहने छन्। केन्या सिरिज आफ्नै घरमा राख्न चाहन्छ भने नेपाल जित निकाल्दै इज्जत जोगाउन चाहन्छ। नेपाली टोलीलाई आजको खेलमा पनि चिन्ता ब्याटिङकै हुने देखिन्छ। यसको मुख्य कारण भनेको फितलो ब्याटिङ नै हो। सिरिजको चौथो खेलसम्म नेपालका कुनै पनि ब्याट्सम्यानले अर्धशतक बनाउन सकेका छैनन्।

यस्तोमा आज पौने ४ बजे नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा हुने निर्णायक खेलमा यी दुई टोली आमनेसामने हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell