PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

'मेरो गाउँ ज्यामिरे’ गीत 'ऐना झ्यालको पुतली' मा समावेश



पहिलोपोस्ट

'मेरो गाउँ ज्यामिरे’ गीत 'ऐना झ्यालको पुतली' मा समावेश

काठमाडौं : फिल्म ‘ऐना झ्यालको पुतली’मा समावेश 'मेरो गाउँ ज्यामिरे’ गरिएको बाल गीत सार्वजनिक भएको छ। आगामी भदौ २४ मा प्रदर्शन हुने फिल्मको गीत बालबालिकाको विषयमा रहेर तयार गरिएको छ।

रामबाबु सुवेदीको शब्द रहेको गीतमा रामेश श्रेष्ठको संगीत रहेको छ। गीतमा टेम्दो छिरिङ,अङ्गमु लामा र स्वर्णिम स्कुलका विद्यार्थीहरूले आवाज सुन्न सकिन्छ।

यो गीत सुवेदीले २०४० सालमा रचना गरेका थिए। २०४२ सालमा रामेश श्रेष्ठले यसको संगीत गरेका थिए। रेडियो नेपाल तथा एफएममा बज्दै आएको यही बाल गीतलाई निर्माण टिमले फिल्मको ओर्जिनल साउन्ड ट्रयाक(ओएसटी)को रुपमा सार्वजनिक गरेको हो।

रचनाकार रामबाबु सुवेदीले आफूले गीतमा कल्पना गरे जस्तै फिल्मको कथा पनि दुरुस्त रहेकाले गीत प्रयोगका लागि अनुमति दिएको बताए।

‘मैले फिल्म पनि हेरेँ। गाउँले परिवेश र शिक्षाको महत्वको विषयमा असाध्यै राम्रो फिल्म बनेको रहेछ। मैले त ज्यादा भन्दा ज्यादा केटाकेटीले गीत सुनुन् भनेर बनाएको हो। अब फिल्ममा आएपछि त्यो गीत झन् धेरै साना नानीबिच पुग्छ।यो गीतले पनि शिक्षाको कुरा गर्छ र फिल्मले पनि। हाम्रो उद्देश्य पनि मिल्यो।’ उनले भने। 

लेखक तथा निर्देशक सुजित बिडारीले गीत आफूले कलेज पढ्दाको समयमा सुनेको भए पनि गीतले 'नोस्टाल्जिक' बनाएकाले फिल्ममा प्रयोग गर्ने निर्णय गरेको बताए। फिल्मले सुदूर पहाडको ज्यामिरे गाउँको एक परिवारको कथा समेटेको छ। जुन परिवार अर्थ अभावका कारण छोरीलाई माध्यमिक शिक्षा दिन पनि संघर्ष गर्छ। साथै फिल्मले बाल्यकालसँग स्मृतिका कथा पनि पेश गर्छ।

यो फिल्म बुसान, ढाका, फ्रिबर्ग लगायत थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा हुनुका साथै पुरस्कृत भइसकेको छ।

फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ। सिरुबाहेक फिल्मका अधिकांश कलाकार नयाँ हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell