PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

पशुपतिमा तीजको रहर आयो बरी लै, भिड भने पहिलाभन्दा कम

पशुपतिमा तीजको रहर आयो बरी लै, भिड भने पहिलाभन्दा कम

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज हरितालिका तीज। आज काठमाडौंको पशुपतिनाथ मन्दिर लगायतका देशभरका शिवालयहरुमा व्रतालु महिलाहरुको भीड लागेको छ।

पशुपतिनाथको दर्शनका लागि बिहानैदेखि महिलाहरु लाइनमा बसेका छन्। यद्यपि, यस वर्ष गत वर्ष जस्तो भिड भने पशुपतिमा छैन।

अहिले पशुपति मन्दिर परिसरमा महिलाहरु नाचगान गर्दै रमाईलो गरिरहेको छन्।

पशुपति क्षेत्र विकास कोषको संस्कृति महाशाखाका निमित्त प्रमुख गौरीशंकर पराजुलीले सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरेर सबै सुरक्षाको व्यवस्थापन गरेको बताए। कोषले आज दिनभरका लागि नै पशुपतिनाथको सबै ढोका दर्शनार्थीहरुका लागि खोलेको छ। जुन ढोकाबाट दर्शन गरेको हो सोही ढोकाबाट बाहिर निस्किने व्यवस्था मिलाएकोले व्यवस्थापनमा कठिनाइ नभएको पराजुलीले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell