PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक सिंह र अर्याल अमेरिका प्रस्थान



पहिलोपोस्ट

नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक सिंह र अर्याल अमेरिका प्रस्थान

काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिकातर्फ प्रस्थान गरेका छन्। बुधबारदेखि सुरु हुने तेस्रो संयुक्त राष्ट्रसंघका प्रहरी प्रमुखको सम्मेलनमा सहभागी हुन दुवैजना गए राति न्युयोर्क प्रस्थान गरेका हुन्।

सिंह र अर्यालसँगै प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी निरीक्षक केदारप्रसाद सापकोटा पनि त्यसतर्फ प्रस्थान गरेका छन्। उक्त सम्मेलन तीन दिनसम्म चल्ने छ। प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा गएको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए।

उक्त सम्मेलनमा संयुक्त राष्ट्र संघीय प्रहरी र अन्य कानूनसम्बन्धी प्रणाली निर्माणका साथै प्रहरीभित्र लैङ्गिक समानतालाई अगाडि बढाउने सन्दर्भमा स्वैच्छिक कम्प्याक्टको सुरुवात, प्रहरी क्षमता अभिवृद्धि गर्दै संयुक्त राष्ट्र संघीय प्रहरीको कार्यसम्पादन बढाउन जारी प्रयास तथा अन्तरराष्ट्रिय शान्ति, सुरक्षा सुदृढ पार्ने एवं संयुक्त राष्ट्र संघीय प्रहरीका प्राथमिकतालगायत विषयमा छलफल हुनेछ।

सो अवसरमा प्रहरी महानिरीक्षकद्वयले अन्य देशका प्रहरी प्रमुखसँग भेटघाट गरि साझा सुरक्षाका विषयमासमेत छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ। महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा र सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणादत्त पौडेलले दैनिक प्रशासनिक कामकाज सम्हाल्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell