PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

झापामा १४ वर्षीय किशोरीलाई करणी गरेको अभियोगमा एक पुरुष समातिए



पहिलोपोस्ट

झापामा १४ वर्षीय किशोरीलाई करणी गरेको अभियोगमा एक पुरुष समातिए

काठमाडौः १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्।

झापा हल्दिबारी गाउँपालिका-३ बस्ने ४७ वर्षीय चित्र बहादुर गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। चित्र बहादुरले ती बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell