PahiloPost

May 15, 2024 | २ जेठ २०८१

बेलायतमा कमनवेल्थ खेल्न पुगेका दुई खेलाडी खेल नखेली घुम्न हिँडे, बंगलादेशी संघले गर्‍यो निलम्बन



पहिलोपोस्ट

बेलायतमा कमनवेल्थ खेल्न पुगेका दुई खेलाडी खेल नखेली घुम्न हिँडे, बंगलादेशी संघले गर्‍यो निलम्बन
Photo Collection: thedailystar

कमनवेल्थ गेम्स खेल्न बेलायत पुगेका दुई खेलाडी खेल 'बंक' गरेर घुम्न निस्किए पछि प्रतिबन्धमा परेका छन्। बंगलादेशका टेबलटेनिसका खेलाडी सोनम सुल्तना सोमा र सदीया अख्तर मोउ कमनवेल्थ गेम्समा आफ्नो खेल चलिरहँदा आफन्त भेट्न गएको भन्दै निलम्बनमा परेका हुन्।

उनीहरुलाई बंगलादेश टेबलटेनिस संघले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताबाट निलम्बन गर्ने निर्णय गरेको छ।

'अगस्ट ५ मा भएको खेलमा वाकओभर दिएर देशको छविलाई धमिलो बनाएको भन्दै संघको कार्यकारिणी समितिको बैठकले सर्वसम्मतिले यस्तो निर्णय गरेको हो,' बंगलादेश टेबलटेनिस संघका महासचिव शेख मोहम्मद जहाँगिर आलमले भने। साथै संघले ती खेलाडीलाई खेल नखेल्नुको कारण पेस गर्न भने निर्देशन दिएको छ।

सोमाले महिला डबल्स, सिंगल्स र मिक्स डबल्स गरी तीनवटा खेल खेल्ने र मोउले डबल्स खेल्ने तालिका रहेको तर सोमा र मौ नहुँदा सम्बन्धित निकायलाई जानकारी दिन नसकेको पनि उनले बताएका छन्।

'मैले अगस्ट ४ मा सबै खेलाडीहरूसँग भेटघाट गरेको थिएँ र उनीहरूलाई खेलग्राम बाहिर नजान आग्रह गरेँ, तर भोलिपल्ट सोमाले मलाई लण्डन भ्रमण गर्ने इच्छा व्यक्त गर्न बोलाइन्। मैले उनीहरूलाई दिनको खेलबारे सोधेँ,' आलमले भनेका छन्, 'पछि तिनीहरूले मेरो कल उठाएनन्, शेफ डी मिशनको पनि फोन उठाएनन् र राति ८ बजे खेलग्राममा फर्किए।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell