PahiloPost

Jun 16, 2026 | २ असार २०८३

अवैध सामानसहित सप्तरीबाट तीन भारतीय नागरिक पक्राउ



रासस

अवैध सामानसहित सप्तरीबाट तीन भारतीय नागरिक पक्राउ

सप्तरी : सप्तरीको राजविराज र शम्भुनाथ नगरपालिकाबाट आज तीन लाख ७६ हजार रुपैयाँ बराबरको अवैध सामानसहित तीन भारतीय नागरिक पक्राउ परेका छन्।

अवैध समानसहित भारतको शिवहर जिल्लाथाना श्यामपुर भटहा-२ बस्ने ४२ वर्षीय दिनानाथ साह, २४ वर्षीय रन्जय साह र २१ वर्षीय सुजितकुमार साहलाई राजविराज नगरपालिका-५ र शम्भुनाथ नगरपालिका-१२ बाट पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ।

भन्सार छली अवैध रूपमा किराना सामान, बिजुलीका सामान, लत्ताकपडा मोटरसाइकलमा लोड गरी ल्याइरहेको अवस्थामा प्रहरी टोलीले उनीहरुलाई फेला पारेको हो।

पक्राउ परेका भारतीय नागरिकसहित अवैध सामान आवश्यक कारबाहीका लागि राजबिराज भन्सार कार्यालय तिलाठी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell