PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

चट्याङ लागेर एकै गाउँका तीन जनाको मृत्यु



रासस

चट्याङ लागेर एकै गाउँका तीन जनाको मृत्यु

रौतहट : रौतहटको गरुडा नगरपालिका-३ मलाही टोलमा आज चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु भएको छ। खेतमा काम गर्ने क्रममा तीनै जनालाई चट्याङ लागेको हो।

मृत्यु हुनेमा मलाही गाउँका ३९ वर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक रुपेश कुमार सिंहले जानकारी दिए। सुदनिया र जगिया एउटै परिवारका हुन्।

चट्याङबाट ४० वर्षीया सैली देवी घाइते भएकी छिन्। यसैबिच, गरुडा नगरपालिकाका प्रमुख कन्थमणी जयसवालले घटनास्थल पुगेर पीडित परिवारलाई सहयोग गर्ने आश्वासन दिएको प्रमुख प्रशासकिय अधिकृत रामबाबु यादवले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell