PahiloPost

Sep 1, 2026 | १६ भदौ २०८३

तीज गीतले गुञ्जियो पशुपति, ‘हामी पनि नाच्नु पर्छ बिच बिचमा’

तीज गीतले गुञ्जियो पशुपति, ‘हामी पनि नाच्नु पर्छ बिच बिचमा’

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज तीज। यसदिन हरेक वर्ष पशुपतिनाथ मन्दिर परिसरमा महिलाहरुको भिड लाग्ने गर्छ। तर, यसपटक भने कोरोनाकालभन्दा अघि जस्तो भिडभाड पशुपतिमा देखिएन।

बिहान लाइन बस्न पनि धेरैजना पुगेनन्। दिउँसो भने पशुपति पुग्ने महिलाको संख्या बढ्न थाल्यो। पशुपतिको चारवटै ढोका यसपटक दर्शनार्थीको लागि खुला गरिएकोले पनि व्यवस्थापन राम्रो भएको पशुपति विकास कोषले जनाएको छ।

दिउँसोबाट भने पशुपति परिसरमा तीज गीतहरु गुञ्जिए। त्यसपछि पशुपतिमा तीजको माहोल बन्न थाल्यो। महिलाहरु पुराना र नयाँ तीज गीतहरु नृत्य गर्न थालेका थिए। 'हामी पनि नाच्नु पर्छ बिच बिचमा', 'तीजको रहर आयो बरी लै' लगायतका गीतमा अहिले पनि पशुपति परिसरमा नृत्य जारी छ।



ट्रेन्डिङ पोस्ट

Ncell