PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

रातो पहिरनमा सजिएर नेपाली सेलिब्रेटीहरूले मनाए तीज



पहिलोपोस्ट

रातो पहिरनमा सजिएर नेपाली सेलिब्रेटीहरूले मनाए तीज

काठमाडौं: आज हरितालिका तीज। नेपाली अभिनेत्री र गायिकाहरूले महादेवको पूजा गरेर व्रत बस्दै हरितालिका तीज मनाएका छन्।

अभिनेत्री केकी अधिकारीले बिहेपछि पहिलो तीज मनाएकी छिन्। रातो सारी लगाएको फोटो फेसबुकमा पोस्ट गर्दै उनले तीजको शुभकामना दिएकी छिन्। रातो सारी र सिन्दुरमा केकी निकै खुलेकी छिन्।

त्यसैगरि, गायिका इन्दिरा जोशीले व्रत बसेर बिहेपछिको पहिलो तीज मनाएकी छिन्। रातो सारीको फोटोहरू सामाजिक सञ्जालमा सेयर गरेर उनले शुभकामना दिएकी छिन्। श्रीमानको लागि पहिलोपटक निर्जला व्रत बसेको उनले उल्लेख गरेकी छिन्।

‍अभिनेत्री वर्षा शिवाकोटीले पनि रातो सारी लगाएको फोटोहरू सामाजिक सञ्जालमा राख्दै तीजको शुभकामना दिएकी छिन्। ‘तीज महिला सशक्तिकरणको चाडको रुपमा रूपान्तरित हुँदै जाओस न कि कसैको दीर्घायुको निम्ति मात्र सिमित होस्’, उनले लेखेकी छिन्।   

अभिनेत्री प्रियंका कार्कीले पनि तीज मनाएकी छिन्। रातो कुत्ता लगाएर मन्दिरमा पुजा गर्न गएको फोटो उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन्।

त्यसैगरी, अभिनेत्रीहरू करिश्मा मानन्धर, रेखा थापा, आँचल शर्मा, प्रकृति श्रेष्ठ, एलिजा गौतम र रचना रिमालले रातो रंगको लुगा लगाएर तीजको शुभकामना दिदैँ सामाजिक सञ्जालमा फोटो सेयर गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell