PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

मल्लको अर्धशतकमा केन्यालाई विशाल लक्ष्य



पहिलोपोस्ट

मल्लको अर्धशतकमा केन्यालाई विशाल लक्ष्य
फाइल फोटो क्यान

काठमाडौं: नेपाल र केन्याबिचको टी २० सिरिजको अन्तिम खेलमा नेपालले केन्याललाई १७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको हो।

नेपालका लागि सानदार सुरुवात दिलाएका ओपनर ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५९ रन बनाउँदा अर्का ओपनर अर्जुन साउदले २९ रन बनाए। त्यस्तै दीपेन्द्र सिंह ऐरीले २२ रन बनाउँदा आक्रामक पारि खेलेका रोहितकुमार पौडेलले २५ बलमा ७ चौकाको सहायतामा ४७ रन बनाए।

बलिङतर्फ केन्याका नेहेमिह ओधिआम्बो, शेम एनगोचे र विरज पटेलले समान २ विकेट लिँदा लुकास ओलुओचले १ विकेट लिए।

घरेलु टोली केन्या केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell