
काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय ५७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ९२१ जनामा परीक्षण गर्दा २ सय ५७ जनामा संक्रमण देखिएको हो।
१ हजार ४५८ पीसीआर परीक्षण गरिएकोमध्ये १४३ जनामा र २ हजार ४६३ एन्टीजेन परीक्षण गरिएकोमा ११४ जनामा संक्रमण देखिएको हो।
त्यस्तै, सोही अवधिमा २ सय ३२ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ४६ रहेको छ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।