PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

आयात प्रतिबन्ध असोज २८ गतेसम्म निरन्तर, ६ वस्तुको प्रतिबन्ध हट्यो



पहिलोपोस्ट

आयात प्रतिबन्ध असोज २८ गतेसम्म निरन्तर, ६ वस्तुको प्रतिबन्ध हट्यो

काठमाडौंः गत वैशाख १३ गतेदेखि लगाइएको १० वस्तुको आयात प्रतिबन्धलाई सरकारले निरन्तरता दिए पनि केहीमा हेरफेर गरेको छ।

सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ। असोज २८ गतेसम्म चार वस्तुहरुको आयातमा प्रतिबन्ध लगाइएको छ।

कुरकुरे, लेज, चुरोट, टीभी, हिरा, तास र खेलौनाको आयात भने खुलाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्ले धेरै रकम बाहिरिने खालका वस्तुको आयात माथिको बन्देजलाई केही समय लम्ब्याउने निर्णय गरेको हो।

वैशाख १३ देखि आयात प्रतिबन्ध लगाइँदै आएको थियो। भदौ १४ सम्म कायम हुने प्रतिबन्धलाई केही खुकुलो बनाउँदै निकै महँगो पर्ने वस्तुहरुलाई भने अझै कडाइ नै गरिएको हो।

६०० डलरसम्मको मोबाइल आयात गर्न पाइने व्यवस्थालाई साउन १ गतेदेखि ३०० डलरभन्दा माथिको आयात गर्न नपाइने बनाइएको थियो।
मोटरसाइकलको हकमा पनि सीसी घटाइएको थियो। २५० सीसीसम्मको बाइक आयात गर्न नपाइनेमा १५० सीसीभन्दा माथिको बाइक आयात गर्न नपाइने बनाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell