PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

झापा १ बाट चुनाव लड्ने घोषणा गर्दै विश्वप्रकाशले भने, 'तीन पटकमा राँगो त छिन्छ'



रासस

झापा १ बाट चुनाव लड्ने घोषणा गर्दै विश्वप्रकाशले भने, 'तीन पटकमा राँगो त छिन्छ'

सुरुङ्गाः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताएका छन्।

काठमाडौं ५ कि झापा १ भन्ने चर्चा भइरहेका बेला बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले यस्तो घोषणा गरेका हुन्। शर्माले यसपटक चुनाव जित्नेसमेत दाबी गरे। उनले भने, 'यो तेस्रो पटकको ट्रायल हो यसपटक अवश्य पास हुन्छु।'

शर्माले आफू उम्मेदवार हुने नहुने भन्ने विषयको टुङ्गो नलागेको बताए। चुनाव जित्ने दाबी गरेका शर्माले 'तीन पटकमा राँगा त छिन्छ' भन्दै यसपटकको निर्वाचनमा राम्रो हिसाब किताब गरेर मात्रै उम्मेदवार बन्ने बताए। संविधान, लोकतन्त्र, मुलुक र जनताका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन अपरिहार्य भएको बताउँदै शर्माले गठबन्धन हुँदा झापा–१ माओवादीको भागमा पर्न सक्ने संकेत गरे।

उनले आफू उम्मेदवार बन्ने विषयमा आन्तरिक छलफल भइरहेको स्पष्ट पारे। गठबन्धनमा सिट बाँडफाँट हुँदा पहिले जितेको ठाउँमा त्यही पार्टीलाई दिने भन्ने मापदण्ड रहेको उल्लेख गर्दै भने, 'पार्टी पदाधिकारीले उठ्ने इच्छा गरेको ठाउँमा छलफलबाट टुङ्ग्याउने सहमति भएको छ।'

विसं २०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुरेन्द्रकुमार कार्कीले त्यस क्षेत्रमा शर्मालाई पराजित गरेका थिए। त्यसअघि संविधानसभाको निर्वाचनमा नेकपा (एमाले) का रविन कोइरालाले शर्मालाई पराजित गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell