PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

चेल्सी साउथह्याम्टनसँग पराजित



पहिलोपोस्ट

चेल्सी साउथह्याम्टनसँग पराजित
Photo: Premier League/Twitter

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी पराजित भएको छ। सेन्ट म्यारी स्टेडियममा सम्पन्न खेलमा चेल्सी घरेलु टोली साउथह्याम्टनसँग २-१ गोलअन्तरले पराजित भएको हो।

खेलको २३ औं मिनेटमा रहीम स्ट्रलिङको गोलमा चेल्सीले अग्रता बनाएको थियो। तर, २८ औं मिनेटमा घरेलु टोलीका रोमियो लाभियाले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै पहिलो हाफको इन्ज्युरी समयमा एडम आर्मस्ट्रङले गोल थप्दा साउथह्याम्टनले पहिलो हाफमा २-१ गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा दुबै टोलीले गोल गर्न नसक्दा खेल घरेलु टोलीले आफ्नो पक्षमा पार्‍यो।

जितसँगै पाँच खेलबाट ७ अंक जोडेको साउथह्याम्पटन तालिकाको सातौं स्थानमा उक्लिएको छ भने समान ७ अंक जोडेको चेल्सी ८ औं स्थानमा छ।

गएराति नै सम्पन्न अन्य खेलमा क्रिस्टल प्यालेस र ब्रेन्टफोर्ड तथा लिड्स र एभर्टन समान १-१ गोलको बराबरीमा रोकिँदा फुलहमले ब्राइटोनलाई २-१ गोलअन्तरले हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell