PahiloPost

Nov 12, 2025 | २७ कात्तिक २०८२

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध



रासस

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
फाइल फोटो

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो।

पहिराका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। अवरुद्ध सडक खुलाउन पहल भइरहेको अधिकारीले बताए। निरन्तर पानी परिरहेकाले बगिरहेको लेदो पन्छाउन कठिन भएको छ। पहिराका कारण सो सडक भएर गुड्ने सवारीसाधन बाटोमै रोकिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell