PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको निधन



पहिलोपोस्ट

सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको निधन
फोटो : Getty Images

पूर्व सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका ९१ वर्षीय गोर्बाचेभको मस्कोस्थित सेन्ट्रल क्लिनकल अस्पतालमा निधन भएको हो।

गोर्बाचेभको मिर्गौलासम्बन्धी समस्याबाट ग्रसित रहेका थिए। सन् १९८५ मा सोभियत संघका राष्ट्रपति बनेका उनले देशमा कैयान् सुधार ल्याएको बताइन्छ। उनले सुधार ल्याएपछि भने सोभियत संघ विघटन भएको थियो। अनेकन प्रयासका बाबजुत एकता कायम हुन सकेन र आधुनिक रुसको जन्म भयो।

गोर्बाचेभ ५४ वर्षको उमेरमा सन् १९८५ मा सोभियत कम्युनिस्ट पार्टीका महासचिव बनेका थिए। त्यसपछि देशकै सर्वोच्च नेतासमेत बनेका उनलाई शीतयुद्ध अन्त्य गर्ने नेताका रुपमा समेत चिनिन्छ। शीत युद्धको अन्त्य गरेका उनलाई सन् १९९० मा नोबल शान्ति पुरस्कारसमेत प्रदान गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell