PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

तीजको नाच हेर्ने क्रममा ग्याङ फाइट हुँदा एक युवकको मृत्यु



पहिलोपोस्ट

तीजको नाच हेर्ने क्रममा ग्याङ फाइट हुँदा एक युवकको मृत्यु

कर्णालीः सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ।

तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए। घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ।

“स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको बुझिन आएको छ, अनुसन्धान हुँदैछ”, उनले भने, “मृतकको टाउकोमा गम्भीर चोट छ, घटनामा संलग्नको पहिचान र खोजी जारी छ।”

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell