PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

तीजमा नाचगान चल्दाचल्दै चट्याङ लाग्दा दुई जनाको मृत्यु, १२ जना घाइते



रासस

तीजमा नाचगान चल्दाचल्दै चट्याङ लाग्दा दुई जनाको मृत्यु, १२ जना घाइते

देउखुरी : दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ। गए राति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार चट्याङ लागेर १२ महिला घाइते भएका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ। घटनास्थल टेलिफोनको समस्या भएकाले थप जानकारी प्राप्त हुन नसकेको प्रवक्ता गौतमले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell