PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

बयान दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर पुगे सिंहदरबार



पहिलोपोस्ट

बयान दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर पुगे सिंहदरबार

काठमाडौं :  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बयानको लागि सिंहदरबार पुगेका छन्।

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई एक साताअघि बयानको लागि बोलाउने निर्णय गरेको थियो। त्यसैको लागि बुधवार सिंहदरबारमा बसेको समितिको बैठकमा जवाफ दिन उनी सिंहदरबार पुगेका हुन्।११ जना महाअभियोग छलफल समिति गठन भएको थियो। समितिमा एकबाल मियाँ, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्‍डित, विष्णु पौडेल र शिवमाया तुम्बाहाम्फे रहेका छन्।

गत फागुन १ गते जबराविरुद् विभिन्न २१ वटा आरोप लगाएर प्रतिधिधिसभामा महाअभियोग दर्ता भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell