PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

अछाममा एक युवक मृत भेटिए



पहिलोपोस्ट

अछाममा एक युवक मृत भेटिए

अछामः अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा गए राति एक युवक मृत फेला परेका छन्।

मध्यपहाडी सडकखण्डको विनायक गैरीटाडअन्तर्गत विनायक नजिकै स्थानीय बमबहादुर धामीको शव भेटिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार धामीको टाउकोमा चोट लागेको छ। मृत्युको कारण यकिन हुन नसकेको विष्टले बताए।

गए राति करिब १० बजे घटनाको जानकारी प्राप्त हुनासाथ अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको थियो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell