PahiloPost

Jul 3, 2024 | २० असार २०८१

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक भयो संचालन



पहिलोपोस्ट

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक भयो संचालन

काठमाडौं : पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड संचालनमा आएको छ। सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ केराबारीमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएसँगै अहिले दुईतर्फी यातायात संचालनमा आएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले पहिरो पन्छाएसँगै सडक दुईतर्फी संचालनमा आएको जानकारी दिए। सडक संचालनमा आएसँगै पहिराका कारण रोकिएका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell