PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

सुन तोलामा ८ सय रुपैयाँले घट्यो



पहिलोपोस्ट

सुन तोलामा ८ सय रुपैयाँले घट्यो

काठमाडौंः सुनको मूल्यमा ८ सय रुपैयाँ घटेको छ। घट्ने क्रममा ब्रेक लाग्दै मंगलबार तोला ३ सय बढेको थियो, बुधबार पुनः घटेर प्रतितोला ९४ हजार रुपैयाँ भएको छ। बुधबार कायम कारोबार मूल्य भदौ लागेयताकै सस्तो हो। मंगलबार प्रतितोला ९४ हजार ८ सयमा कारोबार भएको थियो। यसअघि अघिल्लो दिनको भन्दा ६ सय घट्दा सोमबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँ थियो।

साताको पहिलो दिन तोलामा ७ सय रुपैयाँ घट्दा प्रतितोला ९५ हजार १ सयमा कारोबार भएको थियो भने अन्तिम दिन ९५ हजार ८ सय थियो।

चाँदीको मूल्यमा दुई दिनपछि पुनः गिरावट आएको छ। सोमबार र मंगलबार प्रतितोला ११ सय ४५ रुपैयाँमा स्थिर रहेकोमा बुधबार १५ रुपैयाँ घटेर ११ सय ३० रुपैयाँ भएको छ।साताको पहिलो दिनको तुलनामा १५ रुपैयाँ घटेर सोमबारको मूल्य निर्धारण भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा पुनः गिरावट देखिएको छ। बुधबार सुन प्रतिऔंस १७२४.५५ डलरमा कारोबार भइरहेको छ। गत सोमबार प्रतिऔंस १७२३.५१ डलरमा कारोबार भएको सुन मंगलबार प्रतिऔंस १७३४.५९ डलर थियो।

यस्तै मंगलबार प्रतिऔंस १८.७१ डलर रहेको चाँदी बुधबार १८.५१ डलर छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell