PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

निलम्बित प्रधानन्यायाधीश सिंहदरबार पुगेको एक घण्टा हुँदा पनि बयान सुरु भएन, मिडियालाई बैठकमा प्रवेश दिने विषयमा विवाद



पहिलोपोस्ट

निलम्बित प्रधानन्यायाधीश सिंहदरबार पुगेको एक घण्टा हुँदा पनि बयान सुरु भएन, मिडियालाई बैठकमा प्रवेश दिने विषयमा विवाद

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बिहान ११ बजे नै  बयानको लागि सिंहदरबार पुगेका थिए। तर एक घण्टा बितिसक्दा पनि बैठक सुरु भएको छैन।

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई एक साताअघि बयानको लागि बोलाउने निर्णय गरेको थियो। आज समितिको गणपुरक सङ्ख्या पनि पुग्यो तर मिडियालाई प्रवेश दिने की नदिने भन्ने विषयमा विवाद हुँदा अझै बैठक सुरु हुन सकेको छैन।

११ जना महाअभियोग छलफल समिति गठन भएको थियो। समितिमा एकबाल मियाँ, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्‍डित, विष्णु पौडेल र शिवमाया तुम्बाहाम्फे रहेका छन्।

गत फागुन १ गते जबराविरुद् विभिन्न २१ वटा आरोप लगाएर प्रतिधिधिसभामा महाअभियोग दर्ता भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell