PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

किचेनको झ्याल फोडेर घरबाट नगद चोरी गर्ने समातिए, झोलाभित्र साढे ९ लाख रुपैयाँ भेटियो



पहिलोपोस्ट

किचेनको झ्याल फोडेर घरबाट नगद चोरी गर्ने समातिए, झोलाभित्र साढे ९ लाख रुपैयाँ भेटियो

काठमाडौं : चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नुवाकोट ककनी गाउँपालिका वडा नम्बर २ घर भएका ४२ वर्षीय बुद्धि तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनले सोमवार काठमाडौं महानगरपालिका वडा नम्बर २६ स्थित एक घरमा चोरी गरेका थिए। घरको तेस्रो तलाको किचेनको झ्यालबाट भित्र छिरेर नगद चोरी गरेका थिए।

प्रहरीमा उजुरी परेपछि तामाङलाई काठमाडौं महानगरपालिका वडा नम्बर १६ वटा नियन्त्रणमा लिएको थियो। उनको साथबाट ९ लाख ५२ हजार ९ सय ९० रुपैयाँ फेला परेको थियो।

तामाङविरुद्ध मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद-२० को दफा २४१ अनुसार ‘चोरीसम्बन्धी कसूर’मा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell